अब किसानले पनि पेन्सन पाउने भएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम घोषणा गरेका हुन्। किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिने उनले बताए।
त्यसका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ। उनले यो रकममा हरेक वर्ष १० प्रतिशत थप गर्दै जाने पनि जानकारी दिए। सरकारले पहिलो पटक किसान पेन्सनका लागि बजेट विनियोजन गरेको हो।
किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताए।