उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले संसद बैठकका बोलेका शब्द संसदको रेकर्डबाट हटाइएको छ।
उद्योग वाणिज्यमन्त्री बडुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचनात्मक टिप्पणी गरेपछि एमालेका सांसद्हरुले बैठकमा अवरोध गरेका थिए।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए।
मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले सुरुमा नियमापत्ति गरेका थिए।
प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डवाट हटाउन माग गरेका थिए। एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको थियो।
मन्त्री बडूले ओलीको आलोचना गर्दै संसद बैठकका बोलेका शब्द संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक अघि बढेको छ।