प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ।
उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्हरुले बैठकमा अवरोध गरेका हुन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए।
मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले सुरुमा नियमापत्ति गरेका थिए।
प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डवाट हटाउन माग गरे।
एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको छ।