उदयपुरको त्रियुगा नगरपालिकामा मतगणनाा सुरु भएको छ।
त्रियुगा नगरपालिका–१२ मा पुनःमतदान गर्नुपर्ने मागका कारण त्यहाँ विवाद भएको थियो।
तर, निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।
असार ३० गते अन्तिम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। स्थगित प्रक्रियालाई पुनःमतदान कि गणना भन्ने विषयमा दलहरु विभाजित भएका थिए।
बैशाख ३० वडा नं. १२ को जनप्रेमी आधारभूत विद्यालयमा मतदान प्रक्रिया जारी रहँदा अकास्मात ४ः३० बजे मतदान गर्ने विषयमा विवाद सिर्जना भएपछि मतदान कार्य स्थगित भएको थियो।