कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नयाँ कार्यकालको पहिलो निर्णय सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिईने निर्णय गरेका छन्।
उनले सोमबार पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइने निर्णय गरेका हुन् । चौधरीले पहिलो निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने बताए । चौधरी दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका हुन्।
उनी २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका थिए।नगर प्रमुख चौधरीले पदभार ग्रहण गरेसँगै उपप्रमुख जोगराम चौधरीले पनि पदभार ग्रहण गरेका छन्।