वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको पछिल्ली विवरणअनुसार ७७ हजार ५७७ मत गनिसक्दा कांग्रेसका सिंहले सो मत प्राप्त गरेका हुन् ।उनका प्रतिद्धन्द्धी निवर्तमान मेयर एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विजयकुमार सरावगी १९ हजार ६७९ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाका गिरीश गिरीले २ हजार ८५७ मत पाएका छन् ।
उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले ६५६८ मत प्राप्त गरेका छन् ।राप्रपाका विना जयसवालले ४८३५ र रम्भा मिस्राले ३४५८ मत पाएका छन् । हालसम्म २३ वडाको मतगणना सकिएको छ ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई र नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको छ।