काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार साहले ४२ हजार ९०२ मत प्राप्त गरेका छन्। शनिबारसम्म दोस्रो स्थानमा रहेका नेकपा ९एमाले० का उम्मेदवार केशव स्थापित शनिबार साँझदेखि तेस्रो स्थानमा झरेका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छिन्। उनले २४ हजार ८६७ मत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा रहेका स्थापितले भने २३ हजार ८५ मत प्राप्त गरेका छन्।यता उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।
पछिल्लो मतपरिणामअनुसार उनले ४२ हजार ४२८ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले १४ हजार २५५ मत प्राप्त गरेका छन्।उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७ हजार २३ मत प्राप्त गरेकी छिन्।