नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा गोला प्रथाबाट वडाध्यक्षको छनोट गरिएको छ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट वडाध्यक्षको छनोट गरिएको छ। गोलाप्रथाबाट स्वतन्त्र उम्मेदवार बोहरा विजयी भएका छन्।