पर्साको ठोरी गाउँपालिकामा २३ वर्षीय युवकलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हत्याको अनुसन्धानको क्रममा एक किशोरलाई पक्राउ गरेको हो।
जेठ ६ गते ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाखरिनलाई अज्ञात व्यक्तिहरुले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी घाइते भएको अवस्था छाडेर फरार भएका थिए। गम्भीर अवस्थामा भेटिएका पाखरिनको उपचारको क्रममा वीरगञ्जमा आइतबार बिहान ११ बजे मृत्यु भएको छ।
पाखरिनको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको तथा अन्य तीन जना फरार रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।फरार भएकाहरुको खोजी भइरहेको उनले बताए।