काठमाडौं उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव चिह्न लौरो पाएका छन् ।
बालेनलाई शनिबार निर्वाचन आयोगले चुनाव चिह्न लौरो दिएको हो ।

त्यस्तै, नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।
पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई आयोगले चुनाव चिह्न ‘आँप’ दिएको छ ।
शनिबार निर्वाचन आयोगले दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिइरहेको छ ।