काठमाडौं ।नेपालले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म आन्तरिक माग पूरा गरेपछि बाँकी रहेको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् दुई छिमेकी मुलुकमा निर्यात गरिएको हो।नेपालले अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे(अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्दै आएको छ। यसबाहेक भारतसँगको मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहार राज्यमा समेत विद्युत् निर्यात हुने गरेको छ।
त्यस्तै, नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा पनि नेपाली विद्युत् बिक्री भइरहेको छ। वर्षायामका छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ।विद्युत् निर्यातबापत भारतसँगको कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ। यसरी आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत् निर्यात गरेर नेपालले विदेशी मुद्रा आर्जन गर्दै आएको छ।