काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले न्यूनतम साझा कार्यक्रम तय गरी सत्ता साझेदार दलका बीचमा छलफल गराउनुपर्ने बताए । उनले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्नेमा जोड दिए ।
मुलुकको आर्थिक अवस्था सङ्कटोन्मुख हुँदै गएको भन्दै उनले उक्त समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइनुपर्नेमा जोड दिए ।