काठमाडौं। चुनावअघि कायम रहेको पुरानो गठबन्धन ब्युँताइने भएको छ।
त्यसका लागि चुनावअघि कायम रहेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बोलाइएको छ।
बैठक आजै साँझ ५ बजे बस्ने तय भएको छ। बैठकमा पुरानो गठबन्धन ब्युँताइने र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा छलफल हुनेछ।
त्यसअघि जसपा र माओवादीबीच छलफल हुँदैछ। यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।
सम्बन्धित समाचारः प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेट सकियो, के विषयमा भयो कुराकानी ?