काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
ग्यास सिलिन्डर बिस्फोटबाट घाइते भएकी उनको बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए। सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको थियो।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका भण्डारीकी आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल बनेको थियो।
सांसद भण्डारीको भने उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।
सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको छ।