धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिए सँगै थप दुई जनालाई मन्त्रीमा नियुक्त गरेका छन्।
बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका नरेश शाही आन्तरिक आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् भने नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री बनेका छन्।
उनीहरूलाई पनि प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।