काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन्।
शुक्रवार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीतिले लय र गति समालेकोले अव विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनेतर्फ लाग्नुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘राष्टपतिको हैसियतमा मेरो ७ वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनुपर्छ।’
उनले अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको भन्दै चिन्ता व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्थाको बढ्दो ब्याजदरबाट उत्पन्न समस्यबारे पनि कदम चाल्न आवश्यक भएको बताएकी छन्।
उनले भनिन्, ‘बैक तथा वित्तीय क्षेत्रमा बढ्दो ब्याजदरमा भएको वृद्धिबाट उत्पन्न समस्या हल गर्न तत्काल कदम चाल्न आवश्यक छ। तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गएकाले उत्पादन लागत बढेको उद्योगी व्यापारीलाई मात्र होइन आमउपभोक्ता असर परेको छ। यसका लागि आवश्यक पक्षसँग समन्वय र छलफल गर्न आवश्यक छ।’
भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताइन्।