धनगढी। सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने बैठक सुरु भएको हो।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।
टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयले मुख्यमन्त्री समस्यामा छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुन्छन्।