आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक हानेका छन् ।
उनले ६२ बलमा अर्धशतक हानेका हुन् । शेखको एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक हो ।
नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेदेखि सुरू भएको थियो ।
अपडेट
ओमानविरुद्ध नेपालको १०० रन पूरा भएको छ । नेपालले २२.२ ओभरमा सय रन पूरा गरेको हो ।
यो समाचार तयार पार्दासम्म नेपालले २३.१ ओभरमा तिन विकेट गुमाएर १०० रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र रोहित पौडेल आउट भइसकेका छन् ।