काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी भएर फर्किँदै गरेका तामाङलाई प्रहरीले सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको उनले जानकारी दिए। प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। सोही छलफलमा सहभागी हुन तामाङ सिंहदरबार पुगेका थिए।