काठमाडौं– नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर १ हजार ५९७.७१ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बिमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बिमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोबार भएको छ । यस्तै कुमारी बैंक ८ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक ७ करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर ६ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक ४ करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक ४ करोड १० लाख १४ हजार ८७१ बराबरको कारोबार भएको छ ।
कारोकारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एसिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेसनल हाइड्रोपावर ४.२४ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।