लामो, बलियो र चायाँरहित कपाल बनाउने धेरै महिलाहरुको इच्छा हुन्छ । यसको लागि कपालमा विभिन्न किसिमको केमिकलहरु लगाउनेदेखि लिएर ब्युटी पार्लरहरुमा समेत धाउने गरिन्छ ।
हिजोआज कपालको लागि भनेर बजारमा विभिन्न प्रकारका फेन्सी सामानहरु भित्रिरहेका छन् । यसले महिलाको कपालमा केही समयको लागि राम्रो गरेपनि यसको दिर्घकालिन असर भने नकारात्मक छ ।
कपालका प्रयोग गरिने स्याम्फो, ट्रिटमेन क्रिम, सिरम जस्ता केमिकलका प्रोडक्टहरुले कपाल झर्ने, चाँया पर्ने, कपाल टुक्रिने जस्ता समस्याहरु हुने गरेको पाइन्छ ।
यहाँ आफ्नो कपाल घरेलु औषधि प्रयोग गरेर बलियो बनाउने र केमिकल युक्त प्रोडक्टहरुबाट कसरी छुटकारा लिने जान्न सक्नु हुनेछ ।
कपालमा प्रयोग गर्न सकिने घरेलु औषधीहरु
कपालमा आर्कषक, बलियो र चायाँविहिन बनाउनका लागि शुद्ध तोरीको तेल, सानो सानो टुक्रामा काटिएको प्याज,एक पोटी केलाएको लसुन र कालो जिराको आवश्यकता पर्दछ । यसको के कति मात्रामा प्रयोग भन्ने बारेमा भने तपाईंको कपाल अनुसार निर्भर हुन्छ ।
औषधी कसरी बनाउने ?
औषधी बनाउनका लागि सुरुमा फ्राइप्यानलाई आगोमा तताउने । फ्राइपेन तातिसकेपछि त्यसमाथि एक कचौरा तेललाई राख्ने । तेल राम्रोसँग तातेर खारिएको तेलमा प्याजका सानासाना टुक्राहरु मिसाउने ।
यति गरिसकेपछि केलाएको लसुन र कालो जिरालाई पनि माथिबाट राखेर मज्जाले मिडियम हिटमा ५ मिनेटसम्म फ्राई गर्ने । यसरी राखिसकेपछि लसुन, प्याज रातो हुन्छ र यसलाई तेलबाट उतार्नुहोस् । तेल तारेर चिसो भएपछि बोटलमा जतनले राख्नुहोस् ।
यसरी लसुन र प्याजको मिश्रणबाट तयार भएको तेललाई तपाईंले सुत्नुअघि कपालमा लगाएर २५ मिनेटसम्म मसाज गर्ने र कपाललाई बाटेर मात्र सुत्नुहोस् ।
भोलिपल्ट कपाल धुनुभन्दा ३० मिनेटअघि कालोचियाको साथमा एउटा अन्डा फुटाएर त्यसको सेतो भाग मिक्स् गर्ने र त्यसलाई मजाले घोलेर कपालमा लगाउनुहोस् । लगाएपछि ५ देखि १० मिनेटसम्म मसाज गरेर र १ घन्टासम्म कपाल यतिकै अवस्थामा छाड्नुहोस् ।
यति गरेपछि हर्बल स्याम्फो वा विना केमिकलयुक्त स्याम्फोले कपाललाई राम्रोसँग धुनुपर्छ । महिनामा कम्तिमा एकपटक यो विधि अपनाइयो भने कपाल झर्न र टुक्रिन पाउँदैन ।