काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२ ले वृद्धि भई ३१०.८९ मा पुगेको छ ।
नेप्सेले उकालोको यात्रा तय गरे पनि कारोबार रकम भने घटेको छ । कूल १८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता सेयर ९७ करोड ९० लाख ९४ हजार ४०३ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै सेयर ओरालो लागेको छ । व्यापार १.६९ ले घट्दा बैंकिङ ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६, वित्त १६.२६, निर्जीवन बिमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, लघुवित्त १०.६४, जीवन बिमा ५०.५९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले वृद्धि भएको छ ।
कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड २ लाख ५३ हजार ८९१ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर ३ करोड ५२ लाख ९१ हजार ४१५, एनसिसी बैंक ३ करोड ५० लाख ५६ हजार ५०६, नागरिक लगानी कोष ३ करोड ९ लाख ८१ हजार १९३, शिखर इन्स्योरेन्स २ करोड ९३ लाख ५१ हजार १९३ र सिटिजन बैंकको २ करोड ७४ लाख ५८ हजार ८६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९०, युनियन हाइड्रोपावर ९.८२, घलेम्दी हाइड्रो ९.७३, अपि पावर ९.६३, दिव्यश्वरी हाइड्रोपावर ९.०१, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतले कमाए । त्यस्तै, गणपति माइक्रोफाइनान्स १.९१, एनसिसी बैंकको संस्थापक सेयर १.७२, नेपाल सेवा लघुवित्त १.६४, सिभिल लघुवित्त वित्तीय संस्था १.४३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.४३ प्रतिशतले गुमाए ।