काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो।आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ पुगेको छ। शुक्रबार भने सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ मा कारोबार भएको थियो।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला चार हजार छ सय ६० रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँ थियो। यसरी दुई कारोबार दिनमा चाँदीको भाउ प्रतितोला ६० रुपैयाँ बढेको हो।महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ९० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य तीन हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ।