काठमाडौं– नेपाली लोक तथा दोहोरी क्षेत्रमा एकपछि अर्को सुपरहिट गित सिर्जना गर्ने सर्जक हुन्, शिव हमाल। हमालको शब्द सङ््गीत रहेको ‘सिलौटो’ गित यही असोज १२ गते घटस्थापनाका दिन बजारमा आउने भएको छ।
उक्त गितमा बाल कुमार श्रेष्ठ र विष्णु माझीले आवाज दिएका छन्। गितको भिडियोलाई प्रकाश भट्टको निर्देशन गरेका छन् भने कुलेन्द्र विश्वकर्मा र मरिष्का पोखरेलले अभिनय गरेका छन्।
यसअघिको उनको गित ‘लालुमै’ ले दर्शकश्रोताको मन जित्न सफल भएको थियो। २ करोड भन्दा बढी दर्शकको नजरमा परेको सो गित ‘लालुमै’ले राप्ति म्यूजिक अवार्डमा ३ वटा विधामा अवार्ड हात पार्न सफल भएको थियो।
मेहनती र लगनशील सर्जक हमालका अनुसार उनले ‘सिलौटो’ गितमा अझ बढी मेहनत र लगानी गरेका छन्। पछिल्लो समयमा उनका मौलिक सिर्जनाहरुले राम्रो लोकप्रियता पाइरहेका छन्।