काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्जमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन्।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र वीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गर्ने बताए।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटा नै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए।