काठमाडौं ।जबरजस्तीकरणी उद्योगसम्बन्धी जाहेरीका आधारमा प्रहरीले धनगढीका एक युवकलाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई शुक्रबार आफ्नै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार सोडारीविरुद्ध एक युवतीले करिब एक वर्षअघि दिएको जाहेरीका आधारमा मुद्दासम्बन्धी प्रक्रिया अघि बढाइएको थियो। उनी लामो समयदेखि फरार सूचीमा रहेको र घरमा आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका सोडारीमाथि घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा रहेको प्रहरीले जनाएको छ।