काठमाडौँ – तारागाउँ रिजेन्सी होटेलले आगामी जेठ २४ गते साधारणसभा बोलाएको छ। उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा बिहान ११ बजे शुरू हुने भएको छ।
तारागाउँ रिजेन्सीले साधारणसभा प्रयोजनका लागि जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। साथै, जेठ २ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन्।
तारागाउँले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १२ दशमलव ६३ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने भएको छ। सभामा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सम्बन्धमा छलफल गरी अनुमोदन गर्ने लगायतका प्रस्ताव राखिएका छन्।