काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्थाले थप दुई नयाँ शाखा विस्तार गरेको छ। लघुवित्तले सर्लाहीको बसबरीया गाउँपालिका –४, धनगढा र चक्रघट्टा गाउँपालिका –९ मा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। थप दुई नयाँ शाखासहित वित्तीय संस्थाको संख्या २९ पुगेको छ।
हिजो सोमबार आयोजित कार्यक्रममा धनगढा शाखाको उद्घाटन धनगढा गाउँपालिकाको उपाध्यक्ष रिनाकुमारी यादव र वित्तीय संस्थाका सञ्चालक हरिप्रसाद काफ्लेले गरेको थियो भने चक्रघट्टा शाखाको उद्घाटन चक्रघट्टा गाउपालिका अध्यक्ष विक्रम यादव र सञ्चालक हरिप्रसाद काफ्लेले संयुक्त रुपमा गरेका थिए।
विभागीय प्रमुख रेशम बास्तोलाद्वारा सञ्चालित उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरी र वित्तीय संस्थाका संस्थापक शेयरधनीहरु लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले ग्रामीण क्षेत्रका गरीब जनतालाई घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शहर केन्द्रित नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरी अझ दुर्गम र ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी गरिब तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए।