काठमाडौँ – नेपाली बजारमा सारा ग्रुपले मेलेसियाको ‘आइसोनिक ड्रिंक १०० प्लस’ सार्वजनिक गरेको छ। काठमाडौँमा आइतबार एक कार्यक्रमबीच ‘आइसोनिक ड्रिंक १०० प्लस’ सार्वजनिक गरिएको हो।
मलेसियाको ‘एफ एण्ड एन’कम्पनीको मुख्य उत्पादनमा रहेको ‘१०० प्लस’ ले मेलेसिया, थाइल्याण्ड र सिंगापुरका साथै आसपासका अन्य मुलुकहरुमा पनि बजार विस्तार गरिसकेको कम्पनीले जनाएको छ। मलेसिया र सिंगापुरमा लोकप्रिय भएपछि सो पेय प्रदार्थलाई नेपाली बजारमा भित्र्याएको हो।
उक्त कार्यक्रममा सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ् जेसी, ब्राण्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पेय पदार्थकाे संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।