काठमाडौँ - एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा सञ्चालजन गरेको छ। बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिका-५, फुङलिङमा आफ्नो नयाँ शाखा सञ्चालजनमा ल्याएको हो।
उक्त शाखाको सोही नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र दमक उप-प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले संयुक्त रुपमा हिजो आइतबार उद्घाटन गरेका हुन्।
ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यका सो शाखाको विस्तार गरेको बैंकले जनाएको छ।
हाल बैंकले मुलुकभर रहेका २ सय ८३ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् उच्च स्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।