काठमाडौँ - शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष कम्पनीले यसै अवधिमा ९३ करोड ६६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो। यस आधारमा कम्पनीले १३ दशमलव ६५ ले प्रतिशतले वृद्धि गरेको देखिन्छ।
कम्पनीले स्थानीय बासिन्दाका लागि प्रतिकित्ता २ सय रुपैयाँका दरले ८ लाख कित्ता र सर्वसाधारणमा प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४४ लाख कित्ता आईपीओ जारी गरेको थियो।
कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ४५ करोड ४६ लाख ४३ हजार रुपैयाँ रहेको छ। शिवमकाे आईपीओ बिक्रीबाट प्राप्त शेयर प्रिमियम शीर्षकमा ९४ करोड २ लाख २२ हजार रुपैयाँ जम्मा गरेको छ।
कम्पनीले ८ अर्ब ३७ करोड ६१ लाख १ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। बिक्री लागत ५ अर्ब ३७ करोड २ लाख ९३ हजार रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको शिवम् काे प्रतिशेयर नेटवर्थ १ सय ९९ रुपैयाँ ८८ पैसा रहेको छ। शिवम् ले सहायक कम्पनीहरूमा ३ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ।