काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन्।
मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।