काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार खुद नाफा कमाउन सफल भएको छ। गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा बैंकको नाफा गत वर्षभन्दा ९ दशमलव ६ सय १५ ले कम रहेको छ। नेपाल इन्भेष्टमेन्टको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड ७६ लाख ४६ हजार रुपैयाँ पुगेको छ।
गत वर्ष ४ अर्ब ११ करोड ८५ लाख ६७ हजार खुद ब्याज आम्दानी गरेकोमा यस वर्षमा बढेर ४ अर्ब ९१ करोड १७ लाख ९८ हजार पुगेको छ। बैंकले खुद ब्याज आम्दानी भने गत वर्षभन्दा १९ दशमलव २ सय ५५ ले वृद्धि गरेको छ। गत वर्ष ४ अर्ब ५ करोड ४९ लाख २९ हजार रहेको सञ्चालन नाफा यस वर्षमा ९ दशमलव ६५ ले घटेर ३ अर्ब ६८ करोड ७६ लाख ९ हजारमा सीमित भएको छ।
इन्भेष्टमेन्टले निक्षेप संकलन र कर्जा लगानीमा सुधार गरेको छ। गत वर्ष १ खर्ब ३६ अर्ब ५८ करोड ५५ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो। बैंकले यो त्रैमासमा बढाएर १ खर्ब ४२ अर्ब २ करोड ९० लाख ७० हजार रुपैयाँ पुर्याएकाे छ। त्यस्तै, कर्जा लगानी पनि १ खर्ब १८ अर्ब ३२ करोड २५ लाख ७० हजार रुपैयाँबाट बढाएर १ खर्ब २४ अर्ब २ करोड ८७ लाख ४७ हजार रुपैयाँ पुर्याएकाे छ।
यस बैकको रिटेन्ड अर्निङ १ अर्ब ८३ करोड ६ लाख ४० हजार रुपैयाँ छ। यसको प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ३८ पैसाले घटेर २७ रुपैयाँ १७ पैसामा आएको छ। प्रतिशेयर नेटवर्थ १ सय ९९ रुपैयाँ २० पैसा रहेको छ।
इन्भेष्टमेन्टले चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ पुर्याएकाे छ। रिजर्भ कोषमा १० अर्ब ५५ करोड ६४ लाख २ हजार रुपैयाँ जम्मा भएको छ।