काठमाडौँ – सिन्धु विकास बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरूले युनाइटेड इन्स्योरेन्सका बीमा सेवासम्बन्धी बीमालेखहरू लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहितका सम्पूर्ण सुविधाहरू बैंकका शाखाहरू मार्फत प्राप्त गर्न सक्नेछन्।