काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले एकैदिन तीन नयाँ शाखा विस्तार गरेको छ। बैंकले बिहीबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा विस्तार गरेको छ।
बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गोगंबु गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाइँले गरेका हुन्।
बैंकले देशभर १ सय ५३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १ सय शाखारहित बैंकिङ सेवा, १ सय ६५ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ।