काठमाडौँ – कुमारी बैंक लिमिटेडको प्रस्तावित २१ दशमलव २५ प्रतिशत बोनस पारित भएको छ। बैंकले बिहीबार सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई दुई वर्षको गरी सो मात्राको बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०७३ र ७४ को लागि १२ दशमलव ७५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४ र ७५ को लागि ८ दशमलव ५० प्रतिशत गरी २१ दशमलव २५ प्रतिशत बोनस शेयर पारित भई शेयरधनीलाई वितरण गर्ने भएको हो।
यो बोनस शेयर जारीपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ हुनेछ। आर्थिक वर्ष २०७५ र ७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरेको छ। सो अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ तथा खुद मुनाफा १ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ।
बैंकको हाल उपत्यकाभित्र र बाहिर गरेर ८८ शाखा सञ्जालन, ८३ एटीएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।