काठमाडौँ – कोकाकोला कम्पनीले बुधवार १ सय ३३औँ वार्षिकोत्सव मनाएको छ। सन् १८८६ मे ८ मा शुरू भएको उक्त कम्पनी एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरी शुरू भएको थियो।
यो पेय पदार्थले विश्वभरका मानिसलाई त्यस बेलादेखि नै रिफ्रेस र उत्साहित गर्दै आएको छ। फ्रान्क एम रोबिन्सनले कोका–कोला नाम जुराएको र यसको ट्रेडमार्कको डिजाइन गरेका थिए। जसमा रोविन्स डा. पेम्बर्टनका सहकर्मी तथा लेखा नियन्त्रक थिए। त्यतिबेला डा. पैम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोही बेला एस जी. क्यान्डलरले व्यवसायलाई विस्तार गर्दै संयुक्त राज्य अमेरिकाभर फैलिए।
नेपालमा सन् १९७९ देखि कोका–कोलाले विभिन्न ब्रान्डमा उपलब्ध भइरहेको छ। नेपालमा शुरुवातदेखि नै कोका–कोलाले फुटबल, संगीत तथा खानासँग सम्बन्धित अनेकौँ गतिविधिलाई सहयोग गर्दै आएको छ। सन् २०१३ मा कोका–कोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो।