काठमाडौँ – सिद्धकाली पावर लिमिटेड कम्पनी र त्रिशुली गल्छी जलविद्युत परियाेजनाबीच जलविद्युत आयोजना इपीसी मोडल बनाउने सम्झौता भएको छ।
सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवर्द्धन गरेको त्रिशुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी बी जोन अफ लुयोहुनाग इन्डस्टियल पार्क, जीयन्जीन जिल्ला, चोकिंङ, चाइनामा प्रधान कार्यालय र कारखाना रहेको चोकिंङ वाटर टुर्विन वर्कस् कम्पनी लिमिटेड (सीडब्लुटीडब्लु) कम्पनील इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसीएफ) मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ।
यस सम्झौतापत्रमा सिद्धकाली पावर लिमिटेडको तर्फबाट अध्यक्ष डा. त्रिलोचन उप्रेती र सीडब्लुटीडब्लु कम्पनीको तर्फबाट प्रबन्धक उपाध्यक्ष क्यूई जियांग वेईबीच गत बैसाख २२ गते काठमाडौँमा एक सम्झौतामा हस्ताक्षर भएको छ।
यस सम्झौता अनुसार चिनको सीडब्लुटीडब्लु कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सञ्चालनमा आएको दुई वर्षभित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ। आयोजनाको विस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति भएको छ।
यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ। उक्त चिनियाँ कम्पनीले यही मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ। रसुवा जिल्लामा निर्माणाधीन लाङटाङ र फलांखुखोला आयोजना यही विधिबाट निर्माण भइरहेका छन्।
शुरुमा ७५ मेगावाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अब यो आयोजनामा बाँधको तल डेम–डो टाइप पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ। यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मर्स्याङ्दी काठमाडौँ १ सय ३२ केभी ट्रान्समिशन लाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिनेछ। यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागी शेयर निष्काशन गरिनेछ। यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुनेछ।
प्रदेश नंं. ३ को यो एक आकर्षक आयोजना हुनेछ। यो एक बहुउद्देशीय परियोजना भएको हुँदा यसमा निजी सरकारी साझेदारीको सम्भावना रहेको कम्पनीका अध्यक्ष डा. उप्रेतीले बताएका छन्। उनले पूर्वाधारहरु पुगेका ठाउँमा यस प्रकारका थुप्रै आयोजनाहरु निर्माण हुने विश्वास व्यक्त गरेका छन्।