काठमाडौँ– प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३१ दशमलव ३६ प्रतिशतले नाफा कमाएको छ। जुन गत वर्षको यसै तुलनामा बढी हो।
बैंकले १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। बैंकले गत वर्ष १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ।
नाफा विस्तार गरेपनि एक वर्षको अवधिमा बैंकको निक्षेप करिब ४ अर्बले घट्दा कर्जा प्रवाह भने करिब साढे २ अर्बले बढेको छ। बैंकको ब्याज आम्दानी १ अर्ब ८३ करोड रुपैयाँबाट २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ। यस्तै,कर्मचारी खर्च भने ४५ करोडबाट बढेर ५७ करोड पुगेको छ।
चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ। बैंकले जगेडा कोषमा २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ राखेको छ। यसैगरी बैंकले ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको हो।
बैंकको निष्क्रिय कर्जा १ दशमलव ६ बाट बढेर १ दशमलव ५८ पुगेको छ। बैंकले लिने र दिने व्याजको अन्तर अर्थात स्प्रेड दर भने घटाउन सफल भएको छ। अन्य बैंकको यस्तो दर बढेका बेला प्राइमको ४ दशमलव २८ बाट ३ दशमलव ७१ मा झरेको छ। बैंकको आधार व्याजदर ११ प्रतिशतबाट १० प्रतिशतमा घटेको छ। प्राइमको हालै ओम डेभलपमेन्ट बैंकसँग मर्ज प्रक्रिया तोडिएको हो।