काठमाडौँ – पञ्चकन्या माई हाइड्रोपावरले जेठ २० गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा कुपण्डोल ब्यांक्वेट, ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ।
सभामा सर्वसाधारण र संस्थापक शेयरधनी समूहबाट १ र १ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।
पञ्चकन्या माईले साधारण सभाका लागि जेठ २ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ। जेठ १ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।