काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र यूनाइटेड फाइनान्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र यूनाइटेड फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले हस्ताक्षर गरेका छन्।
यस सम्झौता अनुसार यूनाइटेड फाइनान्सले देशभर रहेका आफ्ना १६ शाखाहरूबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।