काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर गाउँपालिकाबीच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा नुवाकोटको बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरूको पशुपन्छी तथा कृषि बीमालगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन्।
यस सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्नेछन्। त्यस्तै, नगरपालिकाले आफ्ना नगरबासीहरूको पशुधन, कृषि तथा नगरबासीहरूको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रूपमा आफूलाई स्थापित गरेको जनाएको छ।