काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्ष २०७५ /७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। आर्थिक वर्ष २०७४/७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १ सय ३१ प्रतिशतले अधिक मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ।
दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
बैंकले २०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। जुन, ७४ दशमलव ८८ प्रतिशतको वृद्धि हो।
त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ, जुन ६९ दशमलव ५४ प्रतिशतको वृद्धि हो।
देशभर १ सय २ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटीएम सञ्जाल, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरु र २४ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत मेगा बैंकले सेवा प्रदान गर्दै आएको छ।