काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन्।
स्वदेश तथा विभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देशभरी रहेका २ सय ८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउन्टरबाट भुक्तानी पाउने गरी सम्झौता भएको हो।