काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेड र धुम्बाराहीस्थित ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंकले देशभर २ सय ८२ शाखा, २ सय ८९ एटीएम, ४० वटा एक्स्टेन्सन काउन्टर लगायत २४ वटा शाखारहित ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।