काठमाडाैँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि वैशाख १७ र १८ गते दुई दिन फिल्ड व्यवस्थापन तालिम सञ्चालन सम्पन्न गरेको छ।
मंगलबार धनुषाको लालगढस्थित लालगढ कुष्ठरोग अस्पतालको तालिम हलमा आयोजित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले उद्घाटन गरेका हुन्।
चालू आर्थिक वर्षमा सबै कर्मचारीहरुलाई एक चरणको तालिम प्रदान गरिएको र अझै आवश्यकता अनुसार तालिम दिंदै जाने संस्थाको उद्देश्य रहेको कार्यकारी अधिकृत राउतले बताए।
आफ्ना सहायक स्तरका कर्मचारीहरुमध्ये पहिलो चरणमा चैत्र ३ र ४ मा २३ जनालाई तालिम दिएको संस्थाले दोस्रो चरणमा १७ र १८ गते २२ जना सहायक कर्मचारीहरुलाई तालिम दिएको हो।
संस्थाका विभागीय प्रमुख रेशमप्रसाद बाँस्तोलाले सञ्चालन गरेको तालिममा स्रोत व्यक्तिहरू सत्यदेव राउत, महेशकुमार चौधरी, रामानन्द यादवले समूह प्रवेशपूर्व तालिम सञ्चालन, केन्द्र बैठक व्यवस्थापन तथा सञ्चालन, कर्जा विश्लेषणलगायत समसामयिक विभिन्न विषयहरुमाथि प्रशिक्षण दिएका थिए।