काठमाडौँ – सिप्रदी ट्रेडिङ प्रालिले यूएईको दुबईमा आयोजना आयोजना गरेको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘वर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ। सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लिमिटेड, भारतको एक मात्र आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ।
सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतीक भएको कम्पनीले जनाएको छ। विश्वभरिका वितरकहरूको कार्यहरूको मूल्यांकन गरी विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरूको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने सम्मेलनमा अलगअलग विधाका विभिन्न पुरस्कार व्यवस्था गरिएको थियो।
वर्षको सर्वश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि वर्षको वितरक, सर्वश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यो उपलब्धि र सफलता ग्राहकहरूको भरोसा र विश्वास, सम्पूर्ण कर्मचारीहरूको कठिन परिश्रम र इमानदारिता र सञ्चार गृहहरूको सहयोग र समर्थनबिना सम्भव थिएन भन्ने दृढ विश्वास रहेको कुरा कम्पनीले जानकारी दिएका छन्।