काठमाडौँ – राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रूपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन्। उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्तीवालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्।
यो योजना वैशाख भोलि १९ गते एक दिनका लागि मात्र लागू हुनेछ। बैंकद्वारा जारी गरिएका कार्डहरूमार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन्। प्रयोगकर्ताले यसरी प्राप्तगर्ने बोनस रकम अधिकतम एक हजार रुपैयाँ (कर सहित) मात्र हुनेछ। प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एक पटक मात्र सहभागी हुन पाउनेछन्। यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ।
राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिनमा मनाउँदै आएका छन्। सूचना प्रविधि विभाग तथा विभिन्न सूचना प्रविधि सम्बन्धित संस्थाहरूद्धारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाइन्छ। हरेक वर्ष यसै दिन सूचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘राष्ट्रिय आईसीटी पुरस्कार’ समेत प्रदान गरी सम्मान गरिन्छ।
सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ। हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढिरहेको जनाएको छ।
त्यस्तै, नीजि क्षेत्रको प्रमुख व्यवसायिक बैंकहरु मध्यको एक एनआईसी एशिया बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २४ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आएका छन्।