काठमाडौँ – अखिल नेपाल फुटबल संघ र चौधरी ग्रुपबीच सम्झौता भएको छ। विद्यालय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्नका लागि चौधरी ग्रुपले अखिल नेपाल फुटबल संघसँग सम्झौता गरेकाे हाे।
देशको ७७ वटा नै जिल्लामा फुटबल खेललाई पुर्याउने संघले जनाएको छ। संघले देशको ७ वटा नै प्रदेशको ५२ जिल्लामा करिव १५ सय स्कूलहरुको सहभागितामा स्कूल स्तरीय फुटबल प्रतियोगिता संचालन भईसकेपछि छनाेट भएका स्कूलहरूबीच प्रदेशस्तरीय प्रतियोगिता हुने भएकाे छ।
विभिन्न प्रदेश स्तरीय फुटबलबाट छनौट भएका स्कूलहरु बीच राष्ट्रिय अन्तर स्कूल फुटबल प्रतियोगिता संचालन हुने एन्फाले जनाएको छ।