काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इन्स्योरेन्सकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै अब सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।